Sunday, June 7, 2026

पुनः गृह मन्त्रालयमा फर्किने सुधन गुरुङको संकेत, भने– दुई महिना फोटो खिच्न कोही नआउनुहोला

spot_img

बारा, २४ जेठ । आफ्नो सम्पत्तिको स्रोतमाथि प्रश्न उठेपछि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खोटाङ जिल्ला अधिवेशनमा बोल्दै पुनः गृह मन्त्रालयमा पुनरागमनको संकेत गरेका छन्।

सम्पतिको विषयमा आरोप लागेपछि उनीमाथि छानबिन गर्न एउटा विशेष समिति गठन गरिएको थियो। उक्त समितिले हालै आफ्नो प्रतिवेदन बुझाइसकेको पृष्ठभूमिमा आइतबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै गुरुङले यदि छानबिन समितिले आफूलाई निर्दोष साबित गरेमा पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका हुन्।

आफू पुनः मन्त्री बनेमा काम गर्ने शैली फरक हुने दाबी गर्दै उनले सुरुवाती चरणमा कुनै पनि प्रचारबाजी र औपचारिकतामा नअल्झिने प्रष्ट पारेका छन्। प्रधानमन्त्रीले आफूलाई फेरि गृहमन्त्रीको रूपमा नियुक्त गरेमा सुरुका दुई महिनासम्म मन्त्रालयमा बधाई दिन वा तस्बिर खिचाउन कोही पनि नआउन उनले सार्वजनिक रूपमै आग्रह गरे।

गुरुङले छानबिन समितिको बयानका क्रममा भएका रोचक र कडा सवाल-जवाफका बारेमा समेत कार्यकर्तामाझ खुलासा गरेका छन्। समितिका सदस्यहरूको कडा प्रश्नको सामना आफूले निकै सहज रूपमा गरेको उनले बताए। बयानका क्रममा आफूले उल्टै समितिकै सदस्यहरूलाई “तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त” भन्दै प्रतिप्रश्न गरिदिएको अनुभव उनले सुनाए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर