Monday, June 15, 2026

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

बारा, ०१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

सोमबार बसेको मधेश प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन। सरकारले कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ (अर्थात् ३५.५४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ (अर्थात् ६४.३५ प्रतिशत) खर्च हुने अनुमान गरेको छ।

यस पटकको बजेटमा विशेष गरी कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र वन लगायतका जनतासँग प्रत्यक्ष जोडिएका उत्पादनशील तथा विकासमुखी क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको छ।

विनियोजित बजेटको स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारले आन्तरिक स्रोत तथा राजस्व संकलनबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बेहोर्ने लक्ष्य राखेको छ भने बाँकी रकमका लागि संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र चालु आर्थिक वर्षको बचत रकमलाई आधार बनाइने अर्थमन्त्री भट्टराईले आफ्नो बजेट भाषणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर