Tuesday, September 29, 2026

कोल्हवी नगरपालिकाले ल्यायो ७१ करोड ६६ लाखभन्दा बढीको बजेट

Advertisement
Advertisement

बारा, १० असार । बाराको कोल्हवी नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ।

कोल्हवी नगरपालिकाका नगर सभाका अध्यक्ष कार्यवाहक नगर प्रमुख लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालयको सभाहलमा उक्त बैठक बसेको हो।

१६ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित कार्य तथा नीति बजेट प्रस्तुत गरिएको छ। उक्त बजेटमा नगरपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।

नगर सभामा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव रमेश श्रेष्ठ, नगर सभाका सम्पूर्ण सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको गरिमामय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर