Wednesday, September 16, 2026

बाराका १६ वटै स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

Advertisement
Advertisement

बारा, १२ असार । बारा जिल्लाका सबै १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार असार १० गतेभित्रै नगर र गाउँसभा सम्पन्न गर्दै पालिकाहरूले विकास, पूर्वाधार निर्माण र सेवा प्रवाहलाई केन्द्रमा राखेर नयाँ आर्थिक वर्षको मार्गचित्र प्रस्तुत गरेका हुन्। यस वर्ष सार्वजनिक गरिएका बजेटहरूमा कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सडक पूर्वाधार, रोजगारी सिर्जना तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।

जिल्लाका दुई उपमहानगरपालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ। जीतपुरसिमराले आगामी वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ भने कलैया उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ।

नगरपालिकाहरूको हकमा १ अर्ब १० करोड रुपैयाँको बजेटसहित निजगढ नगरपालिका अग्रस्थानमा देखिएको छ। यसैगरी महागढीमाईले ७२ करोड ८२ लाख, कोल्हवीले ७१ करोड ६६ लाख, सिम्रौनगढले ६१ करोड ६३ लाख र पचरौता नगरपालिकाले ६१ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट नगरसभामार्फत प्रस्तुत गरेका छन्।

गाउँपालिकातर्फ करैयामाई गाउँपालिकाले सबैभन्दा बढी अर्थात् ४५ करोड ६८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। अन्य गाउँपालिकाहरूमा सुवर्णले ४३ करोड २६ लाख, प्रसौनीले ४१ करोड ३७ हजार र आदर्शकोतवालले ४१ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

त्यस्तै बारागढीले ३९ करोड ७७ लाख, देवतालले ३९ करोड ७० लाख, फेटाले ३९ करोड १६ लाख, परवानीपुरले ३६ करोड ६३ लाख र विश्रामपुर गाउँपालिकाले ३५ करोड ५१ लाख रुपैयाँ बराबरको आर्थिक योजना अघि सारेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर