बारा, १२ असार । आज शुक्रबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएर आगामी असार १३ गते शनिबारका लागि सरेको छ ।
संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबार दिउँसो १ बजेको बैठक स्थगित गर्ने निर्णय गरेका हुन ।
यसअघि असार ११ गतेका लागि निर्धारित बैठक पनि पहिलो सूचनामार्फत स्थगित गरी शुक्रबारका लागि सारिएको थियो ।
लगातार दुई पटक बैठक सर्नुको मुख्य कारण चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन लम्बिनुलाई मानिएको छ ।
पार्टीका शीर्ष नेता तथा सांसदहरू महाधिवेशनमै व्यस्त भएका कारण संसदको बिजनेस प्रभावित भएको हो ।



