Wednesday, September 23, 2026

चट्याङ लागेर बारामा एक बालिकाको मृत्यु

Advertisement
Advertisement

बारा, १८ असार । बारामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

बुधबार बेलुका महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपरा बिर्तामा खेतबाट घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय १२ वर्षीया सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनामा स्थानीय ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक कानुनी प्रक्रिया तथा अनुसन्धान पूरा गरेको जनाएको छ। घाइते दास भने सामान्य उपचारपश्चात् डिस्चार्ज भई घर फर्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर