बारा, २० असार । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले ती उपलब्धिहरू सार्वजनिक गरेका हुन।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी बाचापत्र अनुरूप सङ्घीय मन्त्रालयको सङ्ख्या कटौती गरी १८ कायम गरिएको छ । जसबाट राज्य कोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ। यसका साथै सरकारले अन्य अनावश्यक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने नीति लिएको छ।
राजनीतिक दल निकट रहेका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजी जस्ता सुधारात्मक कदमहरूबाट समाजमा सकारात्मक सन्देश गएको दाबी समेत सरकारले गरेको छ।



