Tuesday, July 7, 2026

रूख काट्ने क्रममा च्यापिएर बारामा एक वृद्धको मृत्यु

बारा, २३ असार । बाराको सुवर्ण गाउँपालिकामा रूख काट्ने क्रममा हाँगाले च्यापिएर एक जनाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सनफुलवामा सोमबार बिहान स्थानीय शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख काट्ने क्रममा घटना भएको हो।

बाबुलाल यादवले खरिद गरेको उक्त रूख काट्ने क्रममा अर्को हाँगाले किचिँदा सुवर्ण गाउँपालिका-१ रामटोल निवासी करिब ५५ वर्षीय जोखन महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कवहीगोठबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा खटिएको सोको सहितको टोलीले घटनास्थलको आवश्यक कानुनी मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ।

बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृतक महराको शवलाई पोस्टमार्टमका लागि दिउँसो प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर