Thursday, July 16, 2026

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

बारा, ३१ असार । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारी ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बुधबार जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गरेको छ ।

चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित न्याङ्ग्ची (लिन्ची) सहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन उपसभामुख ठाकुरको टोली सिचुआन एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार साउन १ गतेसम्म सञ्चालन हुने उक्त मञ्चमा उपसभामुखले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उपसभामुख ठाकुरले सिजाङस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भेटघाटका क्रममा दुई देशबीचको संसदीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे लगायतका पदाधिकारीहरू सहभागी छन्। यो टोली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आगामी साउन ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर