Wednesday, July 22, 2026

प्रधानमन्त्री र हस्तकला महासंघका प्रतिनिधिबीच आज छलफल हुँदै

बारा, ०६ साउन । नेपालको हस्तकला क्षेत्रको विस्तार, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग विशेष छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजेका लागि तय गरिएको उक्त बैठकमा नेपाली हस्तकला क्षेत्रका वर्तमान चुनौती, बजार प्रवर्द्धन र निर्यात प्रवर्द्धनका विषयमा विचार-विमर्श हुनेछ।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर