Thursday, July 30, 2026

दुई सातापछि आज प्रतिनिधिसभाको बैठक बस्दै

बारा, १४ साउन । गत असार ३१ गतेदेखि स्थगित भएको प्रतिनिधि सभाको बैठक १४ दिन पछि आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।

आजको बैठकको मुख्य कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ।

यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य स्व. गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत तय गरिएको छ।

सदनलाई थप प्रभावकारी, मर्यादित र बिजनेसयुक्त बनाउने उद्देश्यले मन्त्रिपरिषद्को हालैको बैठकबाट ९ वटा नयाँ विधेयक संसद्मा पेस गर्ने निर्णय भइसकेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार बैठक सुरु हुनासाथ ती विधेयकहरू संसद्मा दर्ता गराइनेछ। बैठकको पूर्वसन्ध्यामा सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, कानुनमन्त्री सोविता गौतमसहित प्रमुख राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग छलफल गरेका छन्। 

विशेषगरी सुनसरीमा घटेको घटनाबारे संसद्लाई सम्बोधन गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान गर्न सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई आग्रह गरेका थिए।

यद्यपि, सभामुखको आग्रहलाई सकारात्मक रूपमा लिँदै विचार गर्ने जवाफ दिनुभएका प्रधानमन्त्री शाह आजको बैठकमा उपस्थित भएर सम्बोधन गर्छन् या गर्दैनन् भन्ने विषय भने अझै निश्चित भइसकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर