Wednesday, August 5, 2026

तरकारी लिएर वीरगञ्ज आउँदै गरेको ट्रक दुर्घटना : एक जनाको मृत्यु

बारा, २० साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिँदै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको थियो।

उक्त दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएकामा उपचारका लागि हेटौँडा अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर