Saturday, August 8, 2026

सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

बारा, २३ साउन । काठमाडौँको थापागाउँस्थित ब्याङ्क्वेटमा आयोजित विशेष कार्यक्रमका बीच मधेश केन्द्रित दलहरूसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ को घोषणा गरेका छन्।

पहिचान, सङ्घीयता र सामाजिक न्यायका मुद्दालाई सशक्त रूपमा उठाउने उद्देश्यले गठित यस मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी आबद्ध रहेका छन्।

मोर्चामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेता सन्तोष परियार संलग्न रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीको समेत सहभागिताले राजनीतिक वृत्तमा विशेष चासो बढाएको छ।

देशको विद्यमान राजनीतिक परिस्थिति, अधिकार प्राप्तिको आन्दोलन र अग्रगामी परिवर्तनका एजेन्डालाई एकीकृत रूपमा अगाडि बढाउन यो मोर्चा निर्माण गरिएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर