Sunday, August 9, 2026

ग्यास उद्योग तथा डिलरहरूमा बारा प्रशासनको छड्के अनुगमन

बारा, २४ साउन । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिको टोलीले जिल्लाभित्र सञ्चालित विभिन्न ग्यास उद्योग तथा डिलरहरूमा छड्के अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, प्रमुख सेनानी, सशस्त्र प्रहरी उपरीक्षक तथा उप अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो।

टोलीले रोहित ईन्टर्राईजेज, जित प्रकाश जेनरेल स्टोर्स, राधे कृष्ण ग्यास पसल, राधेशयाम स्टोर्स, राजन स्टोर्स, भगवानी सहनी किराना तथा जेनरल स्टोर्स, जयवाबु स्टेस्नरी स्टोर्स र ओम प्रकाश ग्यास पसल लगायतका प्रमुख डिलरहरूमा पुगी निरीक्षण गरेको छ।

अनुगमनका क्रममा ग्यास डिलरहरूमा कालोबजारी, नाफाखोरी वा कृत्रिम अभाव सिर्जना नगरिएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उपभोक्ताहरूले सहज रूपमा ग्यास प्राप्त गरिरहेको र बजारमा ग्यास अभाव भएको भनी फैलाइएको हल्ला जस्तो जटिल अवस्था बारामा नरहेको अनुगमनको निष्कर्ष छ।

भविष्यमा ग्यास नपाइने हो कि भन्ने डरले उपभोक्ताहरूले घरमा अतिरिक्त सिलिन्डर मौज्दात राख्न खोज्दा बजारमा केही कृत्रिम दबाब सिर्जना भए तापनि हाल ग्राहकको रेकर्ड राखेर प्राथमिकताका आधारमा ग्यास वितरण गर्ने प्रबन्ध मिलाइएको छ।

प्रशासनले बजारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नियमित अनुगमन जारी राख्ने जनाउँदै उपभोक्ताहरूलाई त्रसित नहुन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर