Monday, August 10, 2026

प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

बारा, २५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा दुई देशबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध आयाम्मा गहन छलफल भयो।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन भारत प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

प्रत्युत्तरमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक एवं मित्रवत सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै साझा हित र समृद्धिका क्षेत्रमा एकसाथ काम गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर