Monday, August 10, 2026

सुनसरी घटनाका मृतक रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति

बारा, २५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज सातबुँदे सहमति भएको छ।

सहमति अनुसार मृतक मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने तय भएको छ।

साथै, देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन सरकारले पहल गर्ने र छानबिन समितिको प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्ने उल्लेख छ।

मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज लगेर दाहसंस्कारको व्यवस्था मिलाइनेछ भने घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा बजेट विनियोजन गरी यसै वर्ष स्मृति पार्क निर्माण गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर