Tuesday, August 11, 2026

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीइओ पक्राउ

काठमाडौँ, २६ साउन । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा गेट्सवाई इन्टरनेसनल प्रा.लि का मुख्य कार्यकारी अधिकृत (सीइओ) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथली घर भएका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई रूपन्देहीको बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कन्सल्टेन्सीमार्फत जापानमा आकर्षक रोजगार र उच्च कमाईको प्रलोभन देखाई युवाहरूबाट करोडौँ रकम असुल गरेर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

उजुरीका आधारमा सूक्ष्म अनुसन्धान अघि बढाएको विभागले बुढाथोकीमाथि वैदेशिक रोजगार ऐन अनुसार ठगी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ।

हाल पक्राउ परेका मुख्य कार्यकारी अधिकृतमाथि थप अनुसन्धान भइरहेको र ठगीमा संलग्न अन्य साझेदार तथा संलग्न व्यक्तिहरूको समेत खोजी भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर