बारा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपश्चात् स्वदेश फर्किएका छन्।
उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा श्रीमती आरजु राणासँगै थप उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए।
लामो समयको स्वास्थ्य उपचारपछि काठमाडौँ ओर्लिएका देउवालाई स्वागत गर्न विमानस्थलमा नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।




