Friday, August 14, 2026

प्रादेशिक अस्पताल कलैयाद्वारा दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्न सुरु

Advertisement
Advertisement Advertisement

बारा, २९ साउन । प्रादेशिक अस्पताल कलैयाले सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी बनाउने उद्देश्यका साथ दैनिक सेवा प्रवाहको आधिकारिक तथ्यांक सार्वजनिक गर्न थालेको छ।

अस्पतालले विगत तीन दिनदेखि (साउन २६ गते मङ्गलबार, २७ गते बुधबार र २८ गते बिहीबार) आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दैनिक रूपमा सम्पादन गरिएका स्वास्थ्य सेवाहरूको विवरण विवरणपत्र सार्वजनिक गर्न थालेको हो।

अस्पताल प्रशासनद्वारा जारी विवरण अनुसार बहिरङ्ग (ओपीडी) सेवा लिने बिरामीको संख्यामा क्रमिक रूपमा वृद्धि भइरहेको छ। पहिलो दिन साउन २६ गते मङ्गलबार ओपीडीमा ३३२ जना बिरामीले सेवा लिएका थिए भने २७ गते बुधबार ३७४ जना र २८ गते बिहीबार यो संख्या बढेर ३८४ पुगेको छ।

ओपीडीअन्तर्गत हाडजोर्नी तथा नशा, बाल रोग, स्त्री रोग, सामान्य चिकित्सा (बीमासहित), सामान्य शल्यक्रिया, दन्त र नेत्र रोग विभागमार्फत सेवा प्रदान गरिएको छ। त्यसैगरी, आकस्मिक सेवातर्फ दैनिक ७५ देखि ९४ जनासम्म बिरामीले उपचार सेवा पाएका छन्।

अस्पतालले ल्याब, एक्सरे, इसिजी, भिडियो एक्सरे, प्रसूतिका साथै हाडजोर्नी, जनरल र प्रसूति शल्यक्रिया (अपरेशन) सेवाको दैनिक तथ्यांक समेत स्पष्ट रूपमा प्रस्तुत गर्न थालेको छ। तथ्यांक अनुसार बिहीबार मात्रै ४६ जनाले स्त्री रोग विशेषज्ञ सेवा, १४३ जनाले ल्याब सेवा र ८८ जनाले एक्सरे सेवा लिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर