Saturday, August 15, 2026

स्वास्थ्य उपचारमा एकरुपता ल्याउन प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

Advertisement
Advertisement Advertisement

बारा, ३० साउन । देशको स्वास्थ्य प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सम्पन्न भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको उक्त बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारमा एकरुपता ल्याउन जारी गरिएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई सरकारी स्वास्थ्य बीमा कार्यक्रमसँग जोडेर प्रभावकारी रूपमा लागू गर्ने विषयमा गहन परामर्श भएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझी र पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी लगायत १८ भन्दा बढी क्षेत्रका विशेषज्ञ डाक्टरहरूको सहभागिता रहेको सो बैठकमा हालसम्म बनाइएका १९ वटा प्रोटोकलको व्यावहारिक जटिलता र विभागहरूबीच समन्वयको अभावबारे समीक्षा गरिएको थियो।

उपचारका क्रममा डाक्टरहरूले सीटी स्क्यान, एमआरआई जस्ता अनावश्यक परीक्षण प्रिस्क्राइब गर्दा स्वास्थ्य बीमामा थपिने आर्थिक भार रोक्न निश्चित मापदण्ड बनाउनुपर्नेमा डा. रायमाझीले जोड दिनुभयो।

परिमार्जित प्रोटोकलको चुस्त कार्यान्वयनले अनावश्यक परीक्षण र महँगा औषधिको कटौती भई बिरामीको उपचार खर्च घट्ने, सरकारी कोषको दुरुपयोग रोकिने र स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर