बारा, ३१ साउन । सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लासँग सम्बन्धित १ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी र २ जना सशस्त्र प्रहरी निरीक्षकको काज खटाउने निर्णय गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानवस्रोत विभागका अनुसार नियमावली बमोजिम साउन २९ गतेको निर्णयअनुसार नयाँ जिम्मेवारी तोकिएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बारामा काज खटाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, बाराका विभिन्न बोर्डर आउट पोस्ट (बि.ओ.पी.) मा काज खटिने सशस्त्र प्रहरी निरीक्षकहरूमा बद्री धरेल र सुरेन्द्र बहादुर मल्ल रहेका छन्।
सशस्त्र प्रहरी निरीक्षक बद्री धरेललाई सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बारामा काज खटाई सशस्त्र प्रहरी बि.ओ.पी. कबहीगोठ बाराको जिम्मेवारी दिइएको छ भने सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्ललाई पनि सोही १२ गण हे.क्वा. बारामा काज खटाई सशस्त्र प्रहरी बि.ओ.पी. गोलागंज बाराको जिम्मेवारी दिइएको छ।
यसैगरी बारा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याकुरेललाई भने सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साअन्तर्गत सशस्त्र प्रहरी बि.ओ.पी. भिष्वा पर्सामा खटाइएको छ।
काज खटाइएका सम्पूर्ण प्रहरी अधिकृतहरूलाई भाद्र ०५ गतेभित्र सम्बन्धित कार्यालयमा पुगेर जिम्मेवारी बुझ्न निर्देशन दिइएको छ।




