बारा, ३१ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३ हजार ६ सय र चाँदी रु ५० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ५ हजार २ सय कायम भएको छ। शुक्रबार सुन प्रतितोला रु ३ लाख १ हजार ६ सयमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७ सय १० कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला रु ४ हजार ६ सय ६० मा कारोबार भएको थियो।




