बारा, ३१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १५ बाट ५०.७ ग्राम अवैध लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं. ४ बस्ने २४ वर्षीय सम्साद देवन र बिन्दवासनी गाउँपालिका वडा नं. ५ बस्ने २२ वर्षीय सनप्राज शेख रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल र एउटा अन टेस्ट मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।




