Wednesday, August 19, 2026

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

Advertisement
Advertisement Advertisement

बारा, ०१ भदौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो। 

वैयक्तिक गोपनीयता सम्बन्धी कसुरको आरोपमा प्रहरी हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको पक्राउ तथा थुना गैरकानुनी रहेको भन्दै परेको निवेदनमा सर्वोच्चले उक्त आदेश दिएको हो।

अदालतको यो परमादेशसँगै उनलाई थुना बाहिरै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर