Wednesday, August 19, 2026

जितपुरसिमरामा बेपत्ता तीन वर्षीया बालिका मृत फेला

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ बाट तीन दिन अघिदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरीको शव मङ्गलवार साँझ एक सुनसान घरभित्र फेला परेको छ।

घरबाहिर खेलिरहेको अवस्थामा अचानक बेपत्ता भएकी बालिकाको परिवार र प्रहरीले व्यापक खोजी गरिरहेका थिए। बालिकाको घरबाट करिब १५० देखि २०० मिटरको दूरीमा रहेको र लामो समयदेखि खाली रहेको एक घरबाट गन्ध आएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

खबर लगत्तै पुगेको प्रहरी टोलीले सुनसान घरको कोठाभित्र बालिकाको शव फेला पारेको हो। घटनापछि प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर सूक्ष्म अनुसन्धान सुरु गरेको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन वीरगन्जबाट तालिमप्राप्त कुकुरसमेत ल्याएर घटनास्थलमा प्रमाणहरू सङ्कलन गरिएको छ।

बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार मृत्युको वास्तविक कारण र घटनाको प्रकृति पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै आधिकारिक रूपमा पुष्टि हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर