Wednesday, August 19, 2026

विश्व मानवीय दिवसको अवसरमा बाल एकताद्वारा अनाथ आश्रममा खाद्यान्न वितरण

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । विश्व मानवीय दिवसको अवसरमा बाराको कलैया–६ स्थित बाल एकता बोर्डिङ स्कूलको आयोजनामा एक विशेष मानवीय सेवा तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

समाजमा मानवता, माया, सहयोग र सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालयले उक्त सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम अन्तर्गत विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूले स्थानीय अनाथ आश्रम पुगेर त्यहाँका बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन्। विद्यार्थीहरूले आफ्नो समय, श्रम र सहयोगको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै प्रेरणादायी प्रयास प्रस्तुत गरेको विद्यालयले विश्वास लिएको छ।

विद्यार्थीहरूमा सैद्धान्तिक शिक्षाका साथसाथै सामाजिक उत्तरदायित्व, सहानुभूति र मानवीय मूल्य-मान्यताको विकास गराउन यस्ता गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने   विद्यालयका प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर