Thursday, August 20, 2026

गरिमा चौधरी हत्या प्रकरणबारे जानकारी दिन बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा मृत फेला परेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणबारे प्रहरीले आज बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ।

भदौ २ गते साँझ ५:४५ बजे बालिका मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई अघि बढाएको थियो। सोही घटनाको पछिल्लो वस्तुस्थिति, अनुसन्धानको प्रगति बारा प्रहरीले सार्वजनिक गर्न लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार पत्रकार सम्मेलन आज दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय बारा कलैयाको सभा हलमा आयोजना गरिएको छ। उक्त पत्रकार सम्मेलनमा बालिका हत्या प्रकरणसँग जोडिएका अनुसन्धानका विवरण तथा पक्राउ परेका आरोपीहरूका विषयमा आधिकारिक जानकारी दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर