Thursday, August 20, 2026

बालिकाको न्यायका लागि राति पनि प्रदर्शन जारी, पीडित पक्षद्वारा सडक अवरुद्ध

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ मा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा पीडित पक्ष तथा स्थानीय बासिन्दाहरूले पथलैया-वीरगन्ज सडकखण्डमा रातको ९ बजे पनि आन्दोलन जारी राखेका छन्।

बालिकालाई न्याय दिलाउन र घटनामा संलग्न मुख्य दोषीहरूसहित लापरवाही गर्ने प्रहरी प्रशासनलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आक्रोशित स्थानीयहरूले मुख्य सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।

सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका पीडित परिवार र स्थानीयबासीहरूले ‘गरिमालाई न्याय दे’, ‘हत्यारालाई कडा कारबाही गर’ र कानुन संशोधन गरेर भए पनि फा’सीको सजायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर