Thursday, August 20, 2026

कलैया-मलाही सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान

Advertisement
Advertisement Advertisement

बारा, ०४ भदौ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक आयोजना व्यवस्थापन इकाइ, जनकपुरधामले बारा जिल्ला स्थित १६.२२६ किलोमिटर लामो कलैया-मलाही सडक निर्माण तथा स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुन लागेको यो आयोजनाको कुल निर्माण अवधि २ वर्षको रहनेछ।

दुई चरणमा विभाजन गरिएको यस आयोजना अन्तर्गत पहिलो चरणमा साइट क्लियरेन्स, कालोपत्रे तथा बायो-इन्जिनियरिङ कार्यहरू गरिनेछ भने दोस्रो चरणमा निर्माण सम्पन्न पश्चात् ५ वर्षसम्म कार्यसम्पादनमा आधारित मर्मतसम्भार गरिनेछ।

इच्छुक तथा योग्य निर्माण व्यवसायीहरूले २०८३ असोज २० गते (६ अक्टोबर २०२६) मध्यान्ह १२ बजेसम्म प्राविधिक र वित्तीय प्रस्ताव पेस गर्नुपर्नेछ।

प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ भने बोलपत्र जमानत बापत रु. ३ करोड ८ लाख ( अमेरिकी डलर २,००,०००) तोकिएको छ। यो सडकको स्तरोन्नति पश्चात् आवतजावत थप सहज र सुरक्षित हुने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर