Thursday, September 3, 2026

मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

Advertisement
Advertisement Advertisement

बारा,०६ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री यादवले धार्मिक प्रयोजनका लागि नेपालबाहिर जानुपर्ने भएकाले आफू फर्किएर नआएसम्मका लागि समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकेको जनाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ मा जारी गरेको पत्रअनुसार समिरलाई मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

कार्यवाहक मुख्यमन्त्री तोकिएको पत्र प्रदेश प्रमुखको कार्यालय, मधेश प्रदेशलाई समेत जानकारी गराइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर