बारा, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको क्षति, बेपत्ताको खोजी, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आयोजना गरिएको हो।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै प्रभावितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउने र जोखिमयुक्त क्षेत्रको पुनःस्थापनामा राजनीतिक दलहरूबीच आवश्यक समन्वय एवं सहकार्य गर्ने उद्देश्यले यो सर्वदलीय बैठक बोलाइएको पार्टीले जनाएको छ।



