बारा, ११ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको छ।
आज बसेको नगर कार्यपालिकाको ६९ औँ बैठकले उक्त राहत रकम उपलब्ध गराउनुका साथै नगर प्रमुखबाट १० हजार, उप-प्रमुखबाट ५ हजार र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूबाट जनही २ हजार सेवा सुविधाबाट सहयोग गर्ने निर्णय गरेको छ।
साथै, बाढी प्रभावित क्षेत्रमा काम गर्न वा तीर्थाटनका लागि गएका उपमहानगरवासीको वस्तुस्थिति बुझ्न सम्बन्धित वडा कार्यालयमार्फत तथ्याङ्क सङ्कलन गर्ने र समस्यामा परेका नगरवासीका लागि आवश्यक सूचना आदानप्रदान गर्न सम्पर्क व्यक्तिहरू (उपसचिव उमेश वाग्ले: ९८६०८१११११ र नगर प्रहरी इन्चार्ज रबिन कुमार खड्का: ९८५५०२९११०/९८६६१२९९१६) समेत तोकेको छ।
उपमहानगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूलाई समेत स्वैच्छिक सहयोग गर्न आह्वान गरेको छ।



