Friday, August 28, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग संकलन

Advertisement
Advertisement Advertisement

बारा, १२ भदौ । नेपालमा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाताहरूको उत्साहजनक सहयोग प्राप्त भएको छ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्मको ३६ घण्टाको अवधिमा मात्रै १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम संकलन भएको छ।

यसअघि उक्त कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात रहेकोमा ३६ घण्टाभित्रै उल्लेख्य रकम थपिएपछि कुल जम्मा रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको छ।

विभिन्न संस्था, उद्योगी, व्यवसायी तथा व्यक्तिगत दाताहरूबाट प्राप्त यस रकमले विपद् प्रभावित नागरिकहरूका लागि राहत, उद्धार तथा पुनर्निर्माणका कार्यहरू थप तीव्र र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर