Sunday, August 30, 2026

बाढीले बगाएको बैङ्कको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख नगद बरामद

Advertisement
Advertisement Advertisement

बारा, १३ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको बैङ्कको सेफ फुटाएर रकम झिक्ने २९ जनालाई धादिङबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

बाढीसँगै बगेर त्रिशूली नदीमा आइपुगेको उक्त सेफ फुटाउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ नगदसमेत बरामद गरिएको छ। बाढीको मौका छोपी सरकारी तथा निजी सम्पत्ति कब्जा गर्न खोज्ने उनीहरूमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर