बारा,१३ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका २८ जनामध्ये बाराका एक जना सम्पर्कमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१२ शान्तिटोल निवासी तथा नेपाली सेनामा कार्यरत रोहित कुमार साह सम्पर्कमा आएका हुन्।
यससँगै बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन्।



