Wednesday, September 9, 2026

रसुवा बाढीको प्रभाव अध्ययन गर्न अर्थ समितिद्वारा उपसमिति गठन

Advertisement
Advertisement Advertisement

बारा, २४ भदौ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको असर र जलवायु वित्त सम्बन्धि समग्र अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ।

सिंहदरबारमा बसेको समितिको बैठकले बाढी प्रभावित क्षेत्रको आर्थिक क्षति मूल्याङ्कनका लागि यो कदम चालेको हो।

उक्त गठित उपसमितिमा संयोजक खड्कासहित सांसदहरू नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन्।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले पुर्‍याएको आर्थिक क्षति, समग्र अर्थतन्त्रमा परेको प्रभाव र जलवायु वित्तका विविध आयामबारे गहन अध्ययन गरी आगामी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने स्पष्ट कार्यदेश (टीओआर) दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर