Wednesday, September 9, 2026

कलैया उपमहानगरपालिकाले बाढीपीडितका लागि ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ दिने

Advertisement
Advertisement Advertisement

बारा, २४ भदौ । कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले लेदोसहितको विपद् सिर्जना गरी ठूलो जनधनको क्षति पुर्‍याएपछि उपमहानगरपालिकाले ऐक्यबद्धता जनाउँदै उक्त रकम हस्तान्तरण गर्ने निर्णय भदौ २४ गतेको निर्णयमार्फत सार्वजनिक गरेको हो।

उक्त आर्थिक सहयोगमा उपमहानगरपालिका मातहतका सम्पूर्ण कर्मचारीहरू, स्वास्थ्य संस्था तथा विद्यालयका शिक्षक/कर्मचारीहरूबाट उनीहरूको तहअनुसार १ देखि १० दिनसम्मको सेवा सुविधा कटौती गरी कुल ५३ लाख ६२ हजार १ सय ५ संकलन गरिएको छ।

त्यसैगरी, जनप्रतिनिधिहरूका तर्फबाट १५ दिन बराबरको सेवा सुविधा बापत ८ लाख ४ हजार ५ सय र नगर विपद् कोषबाट रु. १६ लाख ११ हजार १ सय ७१ रुपैयाँ थप गरी उक्त रकम जुटाइएको नगर प्रमुख बिनोद प्रसाद साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उपमहानगरपालिकाले विपद्को यस दुःखद घडीमा राहत, उद्धार र सहकार्यका लागि सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर