Wednesday, September 9, 2026

बाल एकता बोर्डिङद्वारा रसुवा बाढीपीडितका लागि १ लाख १ हजार १ रुपैयाँ सहयोग

Advertisement
Advertisement Advertisement

बारा, २४ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलले १ लाख १ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

स्कुलका प्रबन्ध निर्देशक सुमोद सरार्फ ,शिक्षा र विद्यार्थीहरूको संयुक्त पहलमा बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका प्रभावित नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्रबन्ध निर्देशक सरार्फले बताए।

भोटेकोसी नदीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था, व्यवसायी, विद्यालय तथा समाजसेवीहरूले उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग अभियानलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर