Thursday, September 10, 2026

कोल्हबीमा वन-सुरक्षा टोलीको छापा : भरुवा बन्दुक, हरिणको छाला र पासोसहित काठ बरामद

Advertisement
Advertisement Advertisement

बारा २५ भाद्र । बाराको कोल्हबी नगरपालिका–२ स्थित कोल्हबी बाँध नजिकै रहेको एक घरमा वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्दा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग, पासो थाप्ने सामग्री तथा अवैध काठ बरामद गरेको छ।

कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको वन सशस्त्र रक्षक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले राम बिनय दासको घरमा छापा मारेको हो।

छापाका क्रममा घरबाट दुई थान भरुवा बन्दुक, हरिणको छाला, पासो थाप्न प्रयोग हुने चार थान डोरीको जाल तथा धनेश चराको चुच्चो बरामद गरिएको कोल्हबी सब डिभिजन वन कार्यालयले जनाएको छ।

त्यस्तै, टोलीले घर परिसरबाट विभिन्न प्रजातिका चिरान काठसमेत बरामद गरेको छ। वन कार्यालयका अनुसार २८ थान चिरान काठ र एक थान काठको गोलिया गरी करिब ११ क्युफिट काठ बरामद गरिएको डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिएका छन् ।

बरामद भएका भरुवा बन्दुक तथा वन्यजन्तुका अंगको प्रयोग अवैध सिकारका लागि गरिएको हुन सक्ने आशंकामा वन कार्यालयले घटनामाथि अनुसन्धान अघि बढाएको उहाँले बताउँनुभयो । घरधनी तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको खोजी र अनुसन्धानसमेत भइरहेको जनाएको छ।

बरामद गरिएका हातहतियार, वन्यजन्तुका अंग, पासो थाप्ने सामग्री तथा काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिमाथि प्रचलित वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ।

वन्यजन्तुको अवैध सिकार, संरक्षित वन्यजन्तुका अंगको ओसारपसार तथा अवैध रूपमा काठ संकलन र भण्डारणविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको वन कार्यालयका अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर