बारा, २५ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले उक्त बैठक बोलाएका हुन। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।
सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन ।





