Thursday, September 10, 2026

राजीनामा दिएपछि उद्योगमन्त्री यादवले के भनिन्?

Advertisement
Advertisement Advertisement

काठमाडौं, २४ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिएपछि सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेकी छन्।

मन्त्री यादवको सचिवालयले जारी गरेको धन्यवाद तथा आभार वक्तव्यमा मन्त्रीज्यूका प्रेस संयोजक कमल सरगम चौलागाईंले कार्यकालका क्रममा सहयोग, सहकार्य र सद्भाव प्रदान गर्ने सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

मन्त्रालयका निर्णय, मन्त्रीका गतिविधि तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्‍याउन सञ्चारकर्मीहरूले निरन्तर सहयोग गरेको उल्लेख गर्दै चौलागाईंले समाचार सम्प्रेषणदेखि सूचना आदानप्रदानसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने पत्रकार तथा सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गरेका छन्।

वक्तव्यमा आगामी दिनमा पनि सञ्चारकर्मीहरूसँगको आत्मीय सम्बन्ध, सहकार्य र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर