Thursday, September 10, 2026

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

Advertisement
Advertisement Advertisement

बारा, २५ भदौ । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमै एक महिलाले शिशुलाई जन्म दिएको दुःखद् घटना सार्वजनिक भएको छ।

राजविराज नगरपालिका वडा नम्बर १४ पर्साहीकी ३० वर्षीया महिलालाई सुत्केरी व्यथा लागेपछि परिवारले गएराति अस्पताल पुर्‍याएका थिए। तर अस्पतालले रगत परीक्षणका लागि झन्डै ३ हजार २०० रुपैयाँ खर्च लाग्ने बताएपछि साथमा २ हजार रुपैयाँ मात्र भएका उनका श्रीमान् बाँकी रकमको जोहो र सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्किएका थिए।

पैसाको व्यवस्था हुन नसकेको र अस्पतालका कर्मचारीले समेत कुनै वास्ता नगरेपछि साढे २ घण्टासम्म व्यथा सहेकी महिलाले बिहान साढे ४ बजे सडकपेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य भइन।

बच्चा जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीडित परिवारले गुनासो गरेका छन्। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफैँ बाहिरिएको दाबी गरेको छ। सडकपेटीमै शिशु जन्मिएको उक्त दृष्य सीसीटीभी फुटेजमार्फत सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना सुरु भएको छ।

भिडियो भाइरल बनेपछि मात्र अस्पतालले आमा र नवजात शिशुलाई पुनः भित्र लगेर स्वास्थ्य परीक्षण गरेको छ।

यसैबीच आर्थिक अभावका कारण अस्पतालको ढोकासमक्ष पुगेकी महिला सडकमै सुत्केरी हुनुपरेको यो अत्यन्तै संवेदनशील घटनाको विषय आज प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले संसद्‌मा यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही र यस्ता घटना दोहोरिन नदिन सरकारसँग जवाफ मागेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर