Friday, September 11, 2026

शिशु जन्मिएको भिडियो प्रकरणमा अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो 

Advertisement
Advertisement Advertisement

राजविराज, २६ भदौ। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको सम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।

अस्पतालले आज जारी गरेको पत्रमा सामाजिक सञ्जालमा सम्प्रेषित उक्त भिडियोप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। घटनाको सम्बन्धमा अस्पतालले गठन गरेको छानबिन समिति लगायत उक्त घटनाको छानबिनका लागि गठन गरिएका अन्य समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म थप व्यवस्था नभएसम्मका लागि सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ।

कामकाजबाट हटाइएकामा डा. उपा देव, स्टाफ नर्स मनिना कुमारी साह, स्टाफ नर्स सजन चौधरी, का.स. रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले हस्ताक्षर गरेको पत्रमा छानबिन समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्मका लागि कर्मचारीहरूलाई कामकाजबाट हटाइएको जानकारी गराइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर