Saturday, September 12, 2026

मधेश प्रदेशमा अस्थायी स्वास्थ्यकर्मीको हाजिरी र कामकाजमा रोक

Advertisement
Advertisement Advertisement

बारा, २७ भदौ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै स्वास्थ्य निकायहरूलाई चालू आर्थिक वर्षका लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म असार मसान्तसम्म कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कामकाजमा नखटाउन र हाजिर नगराउन कडा निर्देशन दिएको छ।

मन्त्रालयले भदौ २४ गते जारी गरेको पत्र अनुसार प्रदेश मन्त्रिपरिषद्बाट अस्थायी दरबन्दी स्वीकृत भई नआउञ्जेलसम्म गत आर्थिक वर्ष २०८३ असार सम्म अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीहरूलाई काममा लगाउन रोक लगाइएको हो।

अधिकृत सातौं बच्चे लाल साह तेलीद्वारा हस्ताक्षरित उक्त निर्देशनमा यदि कुनै कार्यालयले नियम विपरीत कामकाजमा खटाएको वा हाजिर गराएको पाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका कार्यालय प्रमुखले नै लिनुपर्ने प्रस्ट पारिएको छ।

यो निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्रका साथै सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सप्तरीका सबै प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद एवं वैकल्पिक चिकित्सालयहरूलाई सम्बोधन गरी पठाइएको छ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार प्रशासनिक अनुशासन तथा वित्तीय पारदर्शिता कायम राख्न यो कदम चालिएको बताइएको छ। उक्त निर्णयको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय, जनकपुरधामलाई समेत पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर