Sunday, September 13, 2026

कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

Advertisement
Advertisement Advertisement

बारा, २८ भदौ । बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गए राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३-०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बि आर ०५ ए भि ६१३६ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड बस्ने ३५ वर्षीय साहेब देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनालगत्तै उपचारका लागि एल.एस. न्यूरो अस्पताल परवानीपुर पुर्‍याइएका देवानलाई चिकित्सकले राति १०:४० बजे मृत घोषित गरेका थिए।

मृतकको पहिचान उनका ससुरा अमजद हुसेन देवानले गराएका हुन्। कानूनी प्रक्रिया पूरा गरी आज बिहान प्रादेशिक अस्पताल कलैयामा शवको पोष्टमार्टम गराएपछि दिउँसो १:०५ बजे मृतकका मामा नूरुल होदा देवानले शव बुझेका छन्।

दुर्घटनामा म.प्र.०३-०४४ प ०१२३ नम्बरका मोटरसाइकल चालक बाराको करैयामाई गाउँपालिका–७ बस्ने ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। सोही मोटरसाइकलको पछाडि सवार १६ वर्षीय अन्जित चौधरी मध्यम घाइते भएका छन्। दुवै घाइतेको एल.एस. न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर