Sunday, September 13, 2026

बाराको जितपुर सिमराबाट एकै परिवारका तीन बालबालिका बेपत्ता

Advertisement
Advertisement Advertisement

बारा, २८ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५, बकुलिया टोलबाट एकै परिवारका तीन बालबालिका एकाएक हराएका छन्।

भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान मिति २०८३ भदौ २८ गते करिब ५ बजेको समयबाट सम्पर्कविहीन भएका हुन्।

गहुँगोरो वर्णका तीनै जना बालबालिकामध्ये ५ वर्षीय धिरजले पहेंलो सर्ट र खैरो जिन्स पाइन्ट लगाएका छन् भने उनका खुट्टामा चप्पल छैन। त्यस्तै ७ वर्षीया सुन्दरी र १० वर्षीया काजल दुवै जनाले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएका छन्।

तीनजना बालबालिका एकैपटक हराएपछि परिवारजन चिन्तित बनेका छन् भने उनीहरुको खोजीका लागि प्रहरी तथा स्थानीय स्तरमा अपिल गरिएको छ।

यदि कोही-कसैले यी बालबालिकाहरूलाई देख्नुभएमा वा भेट्टाउनुभएमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर ९८५५०४८१०१, ९८५५०४५१०१ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरी तथा परिवारले सर्वसाधारणमा हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर