Sunday, September 13, 2026

बाराबाट हराएका तीनै जना बालबालिका भारतमा सुरक्षित फेला परे [अपडेट]

Advertisement
Advertisement Advertisement

बारा, २८ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलिया टोलबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला परेका छन्।

भारत घर भई बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान भदौ २८ गते दिउँसो करिब ५ बजेको समयबाट सम्पर्कविहीन भएका थिए।

बालबालिकाहरू हराएको सोही दिन राति करिब ८ बजे उनीहरू भारतको मोतिहारी जिल्ला, रामगढवा थाना वार्ड नं. १३ स्थित मुकेश पासवानका भाइका सालो मुकेश पासवानको घरमा सुरक्षित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।

बालबालिकाहरू आफन्तको घरमा सकुशल फेला परेको कुरा उनीहरूका बुबाले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर