Monday, September 14, 2026

भोटेकोशी बाढी: प्रभावित जिल्लाका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल

Advertisement
Advertisement Advertisement

बारा, २९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु गरेका छन्।

बिहान ११ बजेदेखि सुरु भएको उक्त बैठकमा बाढीबाट बढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुखहरूका साथै प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको छ। बैठक मुख्यगरी प्रभावित क्षेत्रमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, तत्काल चाल्नुपर्ने कदम र दीर्घकालीन पुनरुत्थानका विषयमा केन्द्रित छ।

छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।

त्यस्तै रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ भौतिक रूपमा उपस्थित हुनुहुन्छ भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले अनलाइनमार्फत सहभागिता रहेको छ।

धादिङ, तनहुँ र गोरखाका स्थानीय नेतृत्वको समेत बैठकमा उल्लेख्य उपस्थिति रहेको छ। धादिङका गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) छलफलमा सामेल छन्।

त्यसैगरी तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले पनि बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्दै राहत तथा पुनरुत्थानका लागि सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर