बारा, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रकम १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न ९ वटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। त्यसैगरी, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत स्वरूप एक अर्ब रुपैयाँ निकासा गरिएको कार्यालयले जनाएको छ।





