बारा, ३१ भदौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ वटा शव फेला परेका छन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धारको क्रममा बुधबार दिउँसो उक्त शवहरू फेला परेका हुन्।
फेला परेकामध्ये ३ शवलाई बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। गत १० भदौमा आएको भीषण भोटेकोशी बाढीका कारण उक्त क्षेत्रका ११ वटा जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुगेको थियो।
बाढीपछि विभिन्न आयोजनाका सुरुङभित्र प्राविधिक तथा श्रमिकहरू फसेको आशंकामा नेपाली सेना लगायतका उद्धार टोलीहरूले निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेका छन्।





